अमेरिकामा आयात हुने चिपमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा, कुन कम्पनीले पाउनेछ छुट?



बिजमाण्डू
२०८२ साउन २२ गते ११:१३ | Aug 7, 2025
अमेरिकामा आयात हुने चिपमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा, कुन कम्पनीले पाउनेछ छुट?
Photo : Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सेमिकन्डक्टर चिपमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। तर, अमेरिकामै चिप उत्पादन गर्ने र त्यसो गर्न वाचा गर्ने कम्पनीमाथि भने यो नियम लागू हुने छैन।

Tata
GBIME
Nepal Life

अमेरिकामा नै चिप उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको एप्पल जस्ता कम्पनीमाथि कुनै कर नलाग्ने ट्रम्पले बताएका छन्। यद्यपि, उनले आफ्नो वाचाबाट पछि हट्ने कम्पनीका लागि भने राम्रो परिस्थिति नहुने चेतावनी पनि दिएका छन्।

वाचा गरेर पनि अमेरिकामा चिप उत्पादन नगर्ने कम्पनीलाई अहिलेदेखि कै कर लगाउने उनले चेतावनी दिएका हुन्।

ट्रम्पको यो निर्णयले चिप उत्पादक देशहरुलाई सबैभन्दा धेरै समस्यामा पार्ने देखिन्छ। यद्यपि, दक्षिण कोरियाका व्यापार दूतले भने १०० प्रतिशत कर सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सलाई लागू हुने बताएका छन्।

उता फिलिपिन्सले भने ट्रम्पको निर्णयले आफ्नो देश धेरै नै प्रभावित हुने जनाएको छ।