टोखामा माइक्रो बसले ठक्कर दिँदा २४ वर्षीय पठाओ चालकको उपचारको क्रममा मृत्यु

बिजमाण्डू
२०८२ असार २५ गते १२:२५ | Jul 9, 2025
टोखामा माइक्रो बसले ठक्कर दिँदा २४ वर्षीय पठाओ चालकको उपचारको क्रममा मृत्यु

काठमाडौं। टोखामा माइक्रो बसले ठक्कर दिँदा एक पठाओ चालकको मृत्यु भएको छ। सर्लाहीको हरिबन घर भएका २४ वर्षीय सोनाम योन्जनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Tata
GBIME

मंगलबार दिउँसो ३ बजे टोखा नगरपालिका सुभम हेम्सअगाडि नुवाकोटबाट काठमाडौंतिर आउँदै गरेको बाप्र ०१-००२ ज ७३७८ नम्बरको माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेका स्कुटरलाई ठक्कर दिएको थियो। योन्जनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीले माइक्रोबस चालक ३९ वर्षीय सुरज सिलवाललाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा सडकमा रोकी राखेको स्कुल बस र घरमा समेत क्षति पुगेको छ। मृतकका परिवार तथा आफन्तले घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग उठाएका छन्।