
काठमाडौं। नेपाल एसबीआई बैंकले १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ। ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको हो।
ऋणपत्रमा वार्षिक ब्याजदर ७ प्रतिशत छ। अंकित मूल्य प्रति ऋणपत्र १००० दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बैंकले जनाएको छ।
बैंकले कुल निष्कासनमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गर्ने र बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिने जनाएको छ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋण पत्रको निष्कासन छिटोमा साउन १ र ढिलोमा साउन १२ गते हुने बिक्री प्रबन्धकले जनाएको छ।