
काठमाडौं। अण्डाको मूल्य १० दिनको अन्तरालमा दोस्रोपटक बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले यसअघि असार १० गते भाउ बढाएकामा बिहीबार फेर मूल्य वृद्धि गरेको हो।
संघले शुक्रबारदेखि लागू हुने गरी अण्डाको भाउ प्रति क्रेट १५ रुपैयाँ बढाएको हो। संघका अनुसार ठूलो अण्डाको मूल्य प्रति क्रेट ४९५ रुपैयाँ पुगेको छ। मिडियम अण्डाको मूल्य प्रति क्रेट ४६५ रुपैयाँ तोकिएको छ। यो होलसेल मूल्य हो।
संघले बजार मागको तुलनामा उत्पादन घटेको कारण देखाएर भाउ बढाउँदै आएको छ। संघका अनुसार हाल दैनिक २५ लाख गोटा भन्दा बढी अण्डा उत्पादन हुने गरेको छ।