BIZMANDU
www.bizmandu.com

अण्डाको भाउ उत्पादकले १० दिनमा दोस्रोपटक बढाए, क्रेटमा १५ रुपैयाँ बढेपछि पुग्यो ४९५

२०८२ असार १९

अण्डाको भाउ उत्पादकले १० दिनमा दोस्रोपटक बढाए, क्रेटमा १५ रुपैयाँ बढेपछि पुग्यो ४९५
अण्डाको भाउ उत्पादकले १० दिनमा दोस्रोपटक बढाए, क्रेटमा १५ रुपैयाँ बढेपछि पुग्यो ४९५

काठमाडौं। अण्डाको मूल्य १० दिनको अन्तरालमा दोस्रोपटक बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले यसअघि असार १० गते भाउ बढाएकामा बिहीबार फेर मूल्य वृद्धि गरेको हो।

Tata
GBIME

संघले शुक्रबारदेखि लागू हुने गरी अण्डाको भाउ प्रति क्रेट १५ रुपैयाँ बढाएको हो। संघका अनुसार ठूलो अण्डाको मूल्य प्रति क्रेट ४९५ रुपैयाँ पुगेको छ। मिडियम अण्डाको मूल्य प्रति क्रेट ४६५ रुपैयाँ तोकिएको छ। यो होलसेल मूल्य हो।

संघले बजार मागको तुलनामा उत्पादन घटेको कारण देखाएर भाउ बढाउँदै आएको छ। संघका अनुसार हाल दैनिक २५  लाख गोटा भन्दा बढी अण्डा उत्पादन हुने गरेको छ।