वित्तीय विवरण पेस नगर्ने एप्पल र बेनी सेक्युरिटिज सेबोनको कारबाहीमा, ५/५ हजार जरिवाना

बिजमाण्डू
२०८२ असार १८ गते १७:४१ | Jul 2, 2025
वित्तीय विवरण पेस नगर्ने एप्पल र बेनी सेक्युरिटिज सेबोनको कारबाहीमा, ५/५ हजार जरिवाना

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले गत वर्षको विवरण पेस नगर्ने दुई ब्रोकर कम्पनीलाई कारबाही गरेको छ।

Tata
GBIME

सेबोनले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटिजलाई कारबाहीस्वरुप जरिवाना तिराएको छ।

एप्पल र बेनी सेक्युरिटिजलाई ५/५ हजार रुपैयाँ जरिवाना गराएको सेबोनले जनाएको छ। यी दुई कम्पनी आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण विवरण तथा आर्थिक विवरण पेस नगरेपछि सेबोनको कारबाहीमा परेका हुन्।

सेबोनले यसअघि गत वैशाखमा सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै ब्रोकरसहित ११ कम्पनीलाई कारबाही गरेको थियो।