
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानले नवौं संस्करणको ‘पावर संमिट’ अगामी असोज १ र २ गते गर्ने भएको छ।
इप्पानले ‘२८५०० मेगावाट : पावरिङ नेपाल, इमर्जिङ नेपाल’को नारासहित पावर समिटको मिति तय गरेको हो। सन् २००६ देखि इप्पानले हरेक २/२ वर्षमा पावर समिट गर्दै आएको छ।
सरकारले आगामी १० वर्षमा विद्युत उत्पादन २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र यसअघि नै तयार पारिसकेको छ।
इप्पानका अनुसार यसपालिको पावर समिट सरकारको ऊर्जा मार्गचित्र कार्यान्वयन गराउने विषयमा केन्द्रित रहनेछ।
कार्यक्रममा ३० भन्दा धेरै देशका लगानीकर्ता, विकास साझेदार, सरकारी अधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी, बैंक र बीमा कम्पनीका प्रतिनिधिलाई निम्ता गर्ने इप्पानले जनाएको छ।