अमेरिका पठाएर राम्रो जागिर लगाइदिन्छु भन्दै ७५ लाख रुपैयाँ ठगी, आरोपित पक्राउ

बिजमाण्डू
२०८२ असार १७ गते १२:४३ | Jul 1, 2025
अमेरिका पठाएर राम्रो जागिर लगाइदिन्छु भन्दै ७५ लाख रुपैयाँ ठगी, आरोपित पक्राउ

काठमाडौं। अमेरिका पठाएर आकर्षक तलब हुने रोजगारीमा लगाइदिन्छु भन्दै ७५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी-७ बस्ने तनहुँ व्यास-१२ का ३० वर्षीय रन्जन पाण्डे रहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ। उनी आइतबार पक्राउ परेका हुन्।

अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट उक्त रकम लिई उनी सम्पर्कविहीन भएको उजुरी परेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पाण्डेलाई कामपा-४ बाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।