कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय, रुपन्देही-३ मतदान हुने

बिजमाण्डू
२०८२ असार १६ गते १४:४७ | Jun 30, 2025
कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय, रुपन्देही-३ मतदान हुने

निर्वाचन आयोगले खाली रहेको प्रतिनिधिसभा क्षेत्र रुपन्देही ३ मा उपनिर्वाचनको मिति तय गरेको छ। आयोगले कात्तिक १७ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

Tata
GBIME

रुपन्देही ३ बाट प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित दिपक बोहराको निधन भएपछि सो सिट खाली थियो।

अहिले विभिन्न दलभित्र उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने आकांक्षीहरु देखापरेका छन्।