
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन्।
रोममा शनिबारदेखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्सको ४४औं सत्रमा सहभागी हुन राणा शुक्रबार इटाली गएकी हुन्।
कन्फ्रेन्सको प्रमुख सत्र र अन्य उच्चस्तरीय कार्यक्रममा राणाले सम्बोधन गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ।
राणाले नेतृत्व गरेको टोलीमा अष्ट्रियाका लागि नेपाली राजदूत, एफएओका लागि नेपाली स्थायी प्रतिनिधि तथा परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारी सहभागी छन्।
सम्मेलनपश्चात् राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्डले गर्ने कार्यक्रममा सहभागी हुनेछिन्।
मन्त्रिपरिषद्को असार ९ गतेको बेठकले राणाको असार १३ देखि २९ गतेसम्मको भ्रमण स्वीकृत गरेको थियो।