ढुंगा झरिरहेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आयो

बिजमाण्डू
२०८२ असार १२ गते १६:१३ | Jun 26, 2025
ढुंगा झरिरहेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आयो

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारीसाधन आवतजावत सुरु भएको छ।

Tata
GBIME

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुंगा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो।

कुनैपनि समयमा माथिबाट ढुंगा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरि ढुंगा झरिएको उनले जानकारी दिए।

ढुंगा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इञ्जिनियर कृष्ण आचार्यले बताए। बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो। रासस