BIZMANDU
www.bizmandu.com

ढुंगा झरिरहेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आयो

२०८२ असार १२

ढुंगा झरिरहेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आयो
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटार क्षेत्रमा गुडिरहेका सवारीसाधन । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डमा हिजोआज कुनै अवरोध छैन । तस्बिर ः शंकर श्रेष्ठ÷रासस

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारीसाधन आवतजावत सुरु भएको छ।

Tata
GBIME

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुंगा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो।

कुनैपनि समयमा माथिबाट ढुंगा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरि ढुंगा झरिएको उनले जानकारी दिए।

ढुंगा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इञ्जिनियर कृष्ण आचार्यले बताए। बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो। रासस