सवारी प्रदूषण मापदण्ड २०८२ लागू, एलसी खोलिसकेकाको हकमा भने सहुलियत

बिजमाण्डू
२०८२ असार १० गते १५:२२ | Jun 24, 2025
सवारी प्रदूषण मापदण्ड २०८२ लागू, एलसी खोलिसकेकाको हकमा भने सहुलियत

काठमाडौं। सरकारले लामो समयदेखि ल्याउन खोजे पनि ढिला भइरहेको सवारी प्रदूषणको नयाँ मापदण्ड अन्तत: लागू गरेको छ। सवारी प्रदूषण मापदण्ड २०८२ लागू गरेको हो।

Tata
GBIME

सरकारले दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे लघु सवारीसाधनको हकमा युरो-फाइभ र चार पांग्रे साधनको हकमा युरो-सिक्स मापदण्डअनुसार प्रदूषण परीक्षण हुनेगरी राजपत्रमा प्रकाशित गर्दै नयाँ मापदण्ड जारी गरेको हो।

सरकारले २०५६ मा पहिलोपटक वातावरण नियमावली २०५४ कार्यान्वयनमा आएपछि ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागु गरेको थियो। उक्त मापदण्ड युरो-वान सरह थियो। उक्त मापदण्ड २०६९ सालमा परिमाार्जन भएर ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ लागु गरिएको थियो। त्यो मापदण्ड पनि युरो-थ्री सरहको मात्रै मापदण्ड थियो। जसले गर्दा धेरै सवारीसाधन युरो-३ आइरहेका छन्।

सरकारले यही ९ गतेसम्म नयाँ सवारीसाधन तथा पार्ट्सहरु ल्याउन एलसी खोलिसकेकाको हकमा पुरानै मापदण्ड लागु हुने जनाएको छ।

मापदण्डमा भनिएको छ- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो मापदण्ड नेपाल राजपत्रमा प्रकाशन भएको मितिसम्म खोली सकिएका प्रतीतपत्र वा बैंकको माध्यमबाट गरी सकिएको भुक्तानी बमोजिम नेपालमा पैठारी गरिने सवारीसाधन तथा नेपालमा एसेम्बल हुने वा उत्पादन हुने सवारीसाधन तथा त्यस्ता सवारीसाधन एसेम्बल वा उत्पादन गर्न आवश्यक पाटपुर्जाहरु प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०६९ को व्यवस्था लागू हुनेछ।