
काठमाडौं। खाना पकाउने एलपी ग्यासको आयात ५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष ११ महिनामा ५७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ।
यस वर्ष ५० करोड ६६ लाख ७२ हजार ४८९ केजी ग्यास आयात भएको हो। ग्यास आयात गत वर्षको तुलनामा मूल्यका आधारमा करिब ६ अर्बले बढेको छ।
गत वर्ष ११ महिनामा ५१ अर्ब ७ करोड रुपैयाँ बराबरको ४८ करोड १६ लाख २५ हजार २५८ केजी ग्यास आयात भएको भन्सार विभागको तथ्यांक छ।