BIZMANDU
www.bizmandu.com

ग्यास आयात ५ प्रतिशतले बढ्यो, ११ महिनामा भित्रियो ५७ अर्ब ३६ करोड रुपैयाँको

२०८२ असार ६

ग्यास आयात ५ प्रतिशतले बढ्यो, ११ महिनामा भित्रियो ५७ अर्ब ३६ करोड रुपैयाँको
ग्यास आयात ५ प्रतिशतले बढ्यो, ११ महिनामा भित्रियो ५७ अर्ब ३६ करोड रुपैयाँको

काठमाडौं। खाना पकाउने एलपी ग्यासको आयात ५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष ११ महिनामा ५७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ।

Tata
GBIME

यस वर्ष ५० करोड ६६ लाख ७२ हजार ४८९ केजी ग्यास आयात भएको हो। ग्यास आयात गत वर्षको तुलनामा मूल्यका आधारमा करिब ६ अर्बले बढेको छ।

गत वर्ष ११ महिनामा ५१ अर्ब ७ करोड रुपैयाँ बराबरको ४८ करोड १६ लाख २५ हजार २५८ केजी ग्यास आयात भएको भन्सार विभागको तथ्यांक छ।