
काठमाडौं। चालु आर्थिक वर्ष ११ महिनामा करिब साढे १७ हजार विद्युतीय गाडी (इभी) आयात गरिएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष जेठसम्म १७ हजार ३०५ वटा चार पाङ्ग्रे इभी आयात गरिएको हो।
ती सवारीसाधन ४२ अर्ब रुपैयाँ ६१ करोड रुपैयाँ बराबरका हुन्। विद्युतीय गाडी आयातबाट सरकारले २२ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
५० किलोवाट क्षमताका ४ हजार ७३७ युनिट, ५१ देखि १०० किलोवाट क्षमताका ७ हजार ३५८ युनिट, १०१ देखि २०० किलोवाट क्षमताका १ हजार ३५४ युनिट र २०१ किलोवाट माथिका ४३ युनिट गाडी आयात गरिएको छ। विभागका अनुसार कमर्सियल इभीमा ३ हजार ८१३ युनिट भित्र्याइएको छ।