बेँसीसहर-चामे खण्ड अवरुद्ध, पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्ने

बिजमाण्डू
२०८२ असार ६ गते १२:२८ | Jun 20, 2025
बेँसीसहर-चामे खण्ड अवरुद्ध, पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्ने
फाइल फोटो।

लमजुङ। मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ।

Tata
GBIME

यस सडक खण्डअन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ मा शुक्रबार बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, ‘ठूला-ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन्।’

पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उनको भनाइ छ। सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

त्यस्तै, लमजुङ-मनाङको सिमानास्थित म्यार्दी भिर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ। अहिले सडकमा यातायात संचालनको प्रयास भइरहेको छ।

सडक अवरुद्ध भएपछि गन्तव्यमा समयमा पुग्नुपर्ने यात्रुहरूलाई बढी समस्या भएको छ। रासस