नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोज्यो, प्लेइङ ११ मा तीन परिवर्तन

बिजमाण्डू
२०८२ असार ५ गते १९:३५ | Jun 19, 2025
नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोज्यो, प्लेइङ ११ मा तीन परिवर्तन
टसका दौरान नेपाल र नेदरल्याण्ड्सका कप्तान। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड स्टेडियममा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर नेदरल्याण्ड्सलाई पहिला ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME

नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिदेशीय टी-२० सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा हार ब्यहोरेको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ‘लो स्कोरिङ थ्रिलर’ मा हराएको थियो।

नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ। आशिफ शेख, भीम सार्की र आरिफ शेखले टिममा स्थान बनाएका छन्। उनीहरुले अनिलकुमार साह, किरण ठगुन्ना र बसीर अहमदको स्थान लिएका छन्।

नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, लोकेश बम, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, रुपेश सिंह, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी