सुनचाँदी बजार : सुनको मूल्य तोलामा ४ सय घट्दा चाँदी २५ रुपैयाँ सस्तियो

बिजमाण्डू
२०८२ असार ५ गते ११:२४ | Jun 19, 2025
सुनचाँदी बजार : सुनको मूल्य तोलामा ४ सय घट्दा चाँदी २५ रुपैयाँ सस्तियो

काठमाडौं। उच्च मूल्यमा पुगेको सुनचाँदी बिहीबार सामान्य घटेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँ र चाँदी २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९५ हजार ५ सय रुपैयाँ भएको छ। यसअघि ९ सय रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ लाख ९५ हजार ९ सय रुपैयाँ भएको थियो।

गत आइतबार र सोमबार तोलाको १ लाख ९७ हजार ५ सय पुगेको सुन मंगलबार घटेर १ लाख ९५ हजार रुपैयाँ भएको थियो। त्यसमा ९ सय बढोत्तरीसँगै बुधबारको कारोबार मूल्य कायम भएको थियो।

चाँदी प्रति तोला २ हजार २ सय रुपैयाँ भएको छ। यसअघि ६५ रुपैयाँ बढ्दै बुधबार कारोबार मूल्य प्रति तोला २ हजार २ सय २५ रुपैयाँ भएको थियो। २५ रुपैयाँ घटे पनि चाँदी उच्च मूल्यमा पुगेको अवस्था छ।

अन्तर्राष्ट्रिय बजारमा  सुन प्रति औंस ३३७२.७९ डलर र चाँदी प्रति औंस ३६.७६ डलरले कारोबार भइरहेको छ।