सुनमा विलासिता कर हटाउन प्रधानमन्त्री ओलीलाई व्यवसायीको ध्यानाकर्षण, ‘की आन्दोलनमै जानु?’

बिजमाण्डू
२०८२ असार ३ गते १५:५६ | Jun 17, 2025
सुनमा विलासिता कर हटाउन प्रधानमन्त्री ओलीलाई व्यवसायीको ध्यानाकर्षण, ‘की आन्दोलनमै जानु?’

काठमाडौं। सरकारले सुन तथा सुनका गहनाको कारोबारमा लगाएको २ प्रतिशत विलासिता कर हटाउन सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले विलासिता कर लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको छ।

कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने उनीहरुले बताएका थिए।

प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका थिए।