BIZMANDU
www.bizmandu.com

सुनमा विलासिता कर हटाउन प्रधानमन्त्री ओलीलाई व्यवसायीको ध्यानाकर्षण, ‘की आन्दोलनमै जानु?’

२०८२ असार ३

सुनमा विलासिता कर हटाउन प्रधानमन्त्री ओलीलाई व्यवसायीको ध्यानाकर्षण, ‘की आन्दोलनमै जानु?’
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण काठमाडौँ, ३ असारः प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं। सरकारले सुन तथा सुनका गहनाको कारोबारमा लगाएको २ प्रतिशत विलासिता कर हटाउन सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले विलासिता कर लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको छ।

कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने उनीहरुले बताएका थिए।

प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका थिए।