सेयर बजार ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा, ७ अर्ब ६५ करोडको कारोबार

बिजमाण्डू
२०८२ असार ३ गते १५:३५ | Jun 17, 2025
सेयर बजार ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा, ७ अर्ब ६५ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से सूचक मंगलबार ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा आएको छ। कारोबारमा आएका जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार बाहेकका सूचकले बजार घटाएका हुन्। कारोबार रकम अघिल्लो दिनका तुलनामा आधै घटेको छ।

Tata
GBIME

होटल तथा पर्यटनको सूचक सर्वाधिक १.५८ प्रतिशतले घटेको छ। १४८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा लगानीकर्ताले गुमाएका छन्। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ४.६२ प्रतिशतले घटेको छ।

९९ कम्पनीको सेयर मूल्य बढेको छ। पियोर इनर्जीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार १३ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार घटेर ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँमा झरेको छ।

सानिमा माई हाइड्रोपावरको सर्वाधिक ७४ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, बुटवल पावरको ६० करोड ३८ लाख र ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको सेयर किचबेच भएको छ।