मकरी गाड हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै, असार १८ गते विशेष साधारण सभा

बिजमाण्डू
२०८२ असार २ गते ११:१६ | Jun 16, 2025
मकरी गाड हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै, असार १८ गते विशेष साधारण सभा

काठमाडौं। मकरी गाड हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि असार १८ गते विशेष साधारण सभा बोलाएको छ।

Tata
GBIME

साधारण सभामा ५ वटा विषयमाथि छलफल गरिने कम्पनीले जनाएको छ। कम्पनीले पहिले पुँजी वृद्धि गर्ने र त्यसपछि आइपीओ निष्कासन गर्ने तयारी गरेको हो।

आइपीओ निष्कासनपछि संकलन गरिएको रकम उपयोग गर्ने विषयमा साधारणसभामा छलफल गर्ने हाइड्रोपावरले जनाएको छ। त्यस्तै, आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउनका लागि संचालक समितिलाई अख्तियारी दिने निर्णय साधारण सभाले गर्दैछ।