
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। साबिककै आकार तथा रङमा रुपैयाँ १० दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको हो।
राष्ट्र बैंकले आज सूचना जारी गरि रुपैयाँ १० दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो।
चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर, नेपालीमा विसं. २०८१ लेखिएको हुने छ।