BIZMANDU
www.bizmandu.com

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा

२०८२ असार २

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा
निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। साबिककै आकार तथा रङमा रुपैयाँ १० दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको हो।

Tata
GBIME

राष्ट्र बैंकले आज सूचना जारी गरि रुपैयाँ १० दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो।

चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर, नेपालीमा विसं. २०८१ लेखिएको हुने छ।