प्रभु बैंकका ग्राहक र कर्मचारीलाई पोखराको होटेल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट

बिजमाण्डू
२०८२ असार १ गते १७:१६ | Jun 15, 2025
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई पोखराको होटेल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट

काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले पोखरा महानगरपालिका-३१ बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्युमा छुट पाउने भएका छन्। बैंकले होटेलसँग छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको जनाएको छ।

Tata
GBIME

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउने छन्। साथै, आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन्।

सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्युका प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्।