महालक्ष्मी विकास बैंकको ३१औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई गर्‍यो सम्मान

बिजमाण्डू
२०८२ असार १ गते १३:५९ | Jun 15, 2025
महालक्ष्मी विकास बैंकको ३१औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई गर्‍यो सम्मान

काठमाडौं। महालक्ष्मी विकास बैंकले २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ। बैंकले ३१ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई सम्मान गरेको जनाएको छ।

Tata
GBIME

बैंकका अनुसार इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यावसायिकताका साथ सेवा तथा योगदान पुर्‍याएबापत ३६ जना कर्मचारीहरूलाई सम्मान गरिएको हो। विभिन्न शाखा कार्यालयहरू तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन्।

साथै, उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ। टोस्टमास्टर इन्टरनेसनलद्वारा मान्यता प्राप्त यो क्लबमार्फत बैंकका कर्मचारीहरूमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य बैंकको छ।

विकास बैंकहरूमा टोस्टमास्टर क्लबको औपचारिक सुरुवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो बनेको छ।