
काठमाडौं। नेपालमा पहिलो पटक उत्पादन भएको ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर यात्रीको टिजर सार्वजनिक भएको छ। सिप्रदी-यात्री जेभीले उक्त स्कुटरको डिजाइन तयार पारेर टिजर आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकको पेजमा हालेको हो।
यात्री मोटरसाइकलले यसलाई ‘पी-टु’का रुपमा निर्माण गरिरहेको छ। कम्पनीले भनेको छ, ‘सिप्रदी-यात्री जेभीको महिनौंको अथक विकासपछि आन्तरिक ‘पी टु डिजाइन प्रस्तुति’ सम्पन्न गरी एउटा महत्त्वपूर्ण कोसेढुंगा पार गरेको छ।’
यात्री मोटरसाइकलले उक्त स्कुटर यस वर्षको अन्त्यसम्ममा डिजाइन पुरा गरेर बजारमा ल्याउने उद्देश्यसाथ काम गरिरहेको जानकारी दिएको छ।
यात्रीले सबैका लागि साँच्चै पहुँचयोग्य सबैभन्दा आरामदायी स्कुटर निर्माण गर्ने परिकल्पनाका साथ पी टु प्लेटफर्म तयार पारेको हो। यो इनोभेटिभ हुनुका साथै विद्युतीय दुई पाङ्ग्रे साधनमा स्वदेशी उत्पादनको एउटा फड्को हुने कम्पनीको अपेक्षा छ।