
काठमाडौं। लगातार बढेको सुनको मूल्यले तोलाको २ लाख रुपैयाँ पुग्न सक्ने संकेत गरेको छ। साताको पहिलो दिन ४ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रति तोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि ४ हजार २ सय रुपैयाँले बढ्दा शुक्रबार तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको थियो। गत साता मात्रै सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको थियो। आइतबार त्यसमा पनि ४ सयको बढोत्तरी भएको हो।
चाँदीको मूल्य आइतबार स्थिर छ। अघिल्लो दिनको भन्दा १५ रुपैयाँ बढ्दा शुक्रबार प्रति तोला २ हजार १ सय ६५ रुपैयाँ भएको थियो। महासंघका अनुसार तुलनात्मक रुपमा चाँदी उच्च मूल्यमा पुगेको हो। बिहीबार तोलाको २ हजार २ सय ५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३४३३.४७ डलर भएको छ। चाँदी प्रति औंस ३६.३२ डलरले कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रति औंस ३३२५.५५ डलर र चाँदी ३६.१७ डलर थियो।