
काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले सेयरधनीका लागि आइतबारदेखि १:१ अनुपातमा ६१ करोड २७ लाख ९३ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीका सेयरधनीले प्रति कित्ता १०० रुपैयाँ दरले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रदमा आवेदन दिन सक्नेछन्। राप्तीका सेयरधनीमा जेठ ५ गतेसम्म कायमले हकप्रदमा दाबी गर्न पाउने छन्। हकप्रदका लागि असार २२ गतेसम्म आवेदन लिइने कम्पनीले जनाएको छ।
हकप्रद जारीपछि कम्पनीको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।