सामसङका सबै होम अप्लाएन्समा फाइनान्स सेवालाई सहज बनाइयो, थप कागजपत्र नचाहिने

बिजमाण्डू
२०८२ जेठ २९ गते १७:०८ | Jun 12, 2025
सामसङका सबै होम अप्लाएन्समा फाइनान्स सेवालाई सहज बनाइयो, थप कागजपत्र नचाहिने

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको जनाएको छ। अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरि नयाँ सुविधा घोषणा गरिएको छ।

Tata
GBIME

पहिले टभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो। होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थयो।

तर, अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको कम्पनीले जनाएको छ। अब ग्राहकहरूले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २-२ वटा पासपोट साइजको फोटो लिएर फारम बुझाएको एक घण्टा भित्रै घर लैजान सक्ने कम्पनीले जनाएको छ।

यो सेवा २०८२ जेठ १९ गते बाट लागू भएको छ। ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि १२ महिनाको किस्तामा शून्य प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ।

यो सेवा ३० हजार वा त्योभन्दा बढी मल्यू भएका सामसङ टभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुने जनाइएको छ।