
काठमाडौं । एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको कम्पनीको दाबी छ।
एमजीको बिको (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ। ५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ।
यो गाडीमा कयौं फिचरहरु अपग्रेड गरिएका छन्। यसमा रियर पार्किङ क्यामेरा, सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि, फास्ट चार्जिङ (७ किलोवाट), ३.५ घण्टामै ०% बाट १००% चार्ज हुने प्रविधि, छिटो, सहज र प्रभावकारी पावर फोल्डेबल साइड मिरर, स्टाइल र स्पेस दुबै ध्यानमा राखिएको डिजाइन रहेको छ।
कमेट इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ। यसले एकपटक चार्ज गर्दा अराइ प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। आइपी ६७ रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ।
उन्नत प्रविधि र आधुनिक सुविधाको मिलन
कमेट इभीमा १०.२५” को डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुबिधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट की. को सुविधा समेत दिइएको यस इभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ।
यसको इभी ब्याट्रीमा ८ वर्ष / १,२०,००० किमीको वारेन्टी छ। यस्तै, हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष / १,००,००० किमी वारेन्टी छ।