‘डीएसपी हुँ, मुद्दा मिलाइदिन्छु’ भन्दै ठगेको आरोपमा दुई पक्राउ, एक जना पटके कसुरवार

बिजमाण्डू
२०८२ जेठ २८ गते १३:४६ | Jun 11, 2025
‘डीएसपी हुँ, मुद्दा मिलाइदिन्छु’ भन्दै ठगेको आरोपमा दुई पक्राउ, एक जना पटके कसुरवार

काठमाडौं। आफूलाई नेपाल प्रहरीको डीएसपी बताएर हिरासतमा रहेका मान्छेको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

Tata
GBIME

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको चौरी देउराली-८ का ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र कलंकी बस्ने सुनसरीको इटहरी-४ का ४२ वर्षीय रेवती ओझा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार तामाङलाई २०७० फागुन २० मा हात हतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भएको खुलेको छ। उनी जेल सजाय भुक्तान गरि छुटेका थिए। त्यसअघि सोही वर्ष वैशाख १६ मा जिल्ला प्रहरी परिसर टेकुबाट केही सार्वजनिक अपराध कसुर र २०६७ कात्तिक ४ मा जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ।

पक्राउ परेका दुवैमाथि कार्वाहीका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ थप अनुसन्धान भइरहेको परिसरका एसपी अपीलराज बोहराले बताएका छन्।