
काठमाडौं। लगातार घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार ३ सय रुपैयाँ बढेको हो।
बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार तोलाको १ लाख ९० हजार ६ सय थियो भने साताको पहिलो दिन १ लाख ९० हजार ७ सय रुपैयाँ थियो।
चाँदीको भाउ भने बुधबार स्थिर छ। सोमबारका तुलनामा १५ रुपैयाँ बढेर मंगलबार कारोबार मूल्य प्रति तोला २ हजार १ सय ६५ रुपैयाँ भएको थियो। सोमबार तोलाको २ हजार १ सय ५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३३०७.५५ डलरबाट बढेर सुन बुधबार ३३४२.६४ डलर भएको छ। चाँदी प्रतिऔंस ३६.०६ डलर छ।