कालोबजारी नियन्त्रणका लागि सरकारी नियमन बलियो बनाउन आवश्यक : गृहमन्त्री लेखक

बिजमाण्डू
२०८२ जेठ २७ गते १८:५७ | Jun 10, 2025
कालोबजारी नियन्त्रणका लागि सरकारी नियमन बलियो बनाउन आवश्यक : गृहमन्त्री लेखक
रमेश लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले कालोबजारी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

Tata
GBIME

नेपाली कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री लेखकले अभाव सिर्जना गरेर कालोबजारी गर्नेलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताए।

‘बेलाबेला कृत्रिम अभावको कुरा आउँछ। त्यसमा सरकारले खोजी गर्छ। कालोबजारी हुन्छ। अखाद्य वस्तुको विक्रीवितरण भइराखेको हुन्छ। त्यसका लागि बजारमा हेर्नुपर्‍यो। यसमा सरकार लागिपर्छ,’ उनले भने।

गृहमन्त्री लेखकले कालोबजारी नियन्त्रणका लागि सरकारी नियमन बलियो बनाउन आवश्यक रहेको स्वीकार गरे। ‘एउटा त नियमनलाई अलि बलियो बनाउनुपर्‍यो। अर्को सहजीकरण गर्नपर्‍यो,’ उनले भने।