देउवाले बजेटप्रति सार्वजनिकरुपमै पोखे असन्तुष्टि, ‘बजेट मलाई र कांग्रेसलाई चित्त बुझेको छैन’

बिजमाण्डू
२०८२ जेठ २७ गते १८:४९ | Jun 10, 2025
देउवाले बजेटप्रति सार्वजनिकरुपमै पोखे असन्तुष्टि, ‘बजेट मलाई र कांग्रेसलाई चित्त बुझेको छैन’
शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि पोखेका छन्।

Tata
GBIME

पार्टीको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मं‌गलबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले बजेटप्रति असन्तुष्टि पोखेका हुन्।

‘बजेट र यसले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव विषयक अन्तरक्रियामा देउवाले भने, ‘नेपालको अवस्थालाई ध्यानमा हेर्दा यो बजेट मलाई पनि चित्त बुझेको छैन। हाम्रो पार्टीलाई पनि चित्त बुझेको छैन।’

सरकारले बजेट सार्वजनिक गरेको करिब दुई सातापछि सार्वजनिकरुपमा नै असन्तुष्टि जनाएका हुन्।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी र उपभोक्ताहरुले बजेटको आलोचना गरेका थिए। कांग्रेस निकट अर्थशास्त्रीहरुले पनि सोमबार बजेटको आलोचना गरेका थिए।

देउवाले आपूर्तिमा पारदर्शिता नभएको विषयलाई पार्टीले ध्यान दिने बताए। निर्यातको विषयमा शंका गर्नुपर्ने अवस्था नै नरहेको उनको भनाइ छ। ‘भारतसँग ओपन बोर्डर भएको देश हो यो। यसले तस्करी हुन सक्छ भन्ने हो। तर मान्छे मात्र निर्यात छ हाम्रो। अरु त आयातमा भर पर्नुपर्छ,’ उनले भने।