
काठमाडौं। प्रहरीले काठमाडौंको टोखामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाउँदा दुई जना घाइते भएका छन्। लागूऔषधको कारोबार भएको सूूचनाका आधारमा कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको ब्युरोका अधिकारीहरुले बताएका छन्।
प्रहरीले एक जना कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागूऔषध पनि बरामद गरेको प्रहरीले जनाएको छ।