सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो, चाँदीको भाउ बढेर तोलाको २ हजार १६५ रुपैयाँ

बिजमाण्डू
२०८२ जेठ २७ गते ११:०१ | Jun 10, 2025
सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो, चाँदीको भाउ बढेर तोलाको २ हजार १६५ रुपैयाँ

काठमाडौं । पछिल्लो केहीदिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ। अघिल्लो दिनको भन्दा आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ९० हजार रुपैयाँ निर्धारण भएको छ। 

सोमबार सुन तोलामा १०० रुपैयाँ घटेर प्रति तोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने मंगलबार बढेको छ। १५ रुपैयाँले बढेर चाँदि प्रति तोला २ हजार १६५ रुपैयाँमा आज कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रति तोला २ हजार १५० रुपैयाँ पुगेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३०७.५५ डलर छ। चाँदी भने प्रतिऔंस ३६.५३ डलर रहेको छ।