पोखरा विमानस्थलमा अढाइ वर्षमा अन्तर्राष्ट्रिय उडान जम्मा ३० वटा, २५७५ यात्रुले लिए सेवा

बिजमाण्डू
२०८२ जेठ २६ गते १५:१३ | Jun 9, 2025
पोखरा विमानस्थलमा अढाइ वर्षमा अन्तर्राष्ट्रिय उडान जम्मा ३० वटा, २५७५ यात्रुले लिए सेवा

काठमाडौं। पोखरा विमानस्थलमा अढाइ वर्षमा जम्मा ३० वटा अन्तर्राष्ट्रिय उडान भएको छ। विमानस्थल कार्यालयका अनुसार पोखरामा अहिलेसम्म ३० वटा अन्तर्राष्ट्रिय उडानमार्फत २५ सय ७५ यात्रुले सेवा लिएका छन्।

Tata
GBIME

पोखरामा अहिले हिमालय एयरलाइन्सले सातामा एकदिन नियमित व्यावसायिक उडान गर्दै आएको छ। सिचुवान एयरले भने चार्टर्ड उडान गर्ने गरेको छ।

‘सिचुवान एयरले अहिलेका लागि आफ्नो अन्तिम चार्टर्ड उडान गत साता गर्‍यो। यो वायुसेवाले आउँदो सेप्टेम्बरबाट छेङ्दु-पोखरा नियमित व्यवासायिक उडान गर्ने भनेको छ,’ विमानस्थलका एक कर्मचारीले भने, ‘अहिले हिमालयले मात्र उडान गरिहेरको छ।’

पोखरामा आन्तरिकतर्फ भने हाल ३० वटा उडान हुने गरेको छ। पोखरामा बुद्ध, यती र श्री एयरलाइन्सले नियमित व्यावसायिक उडान गर्दै आएका छन्।