अप्पर सोलु हाइड्रोको सेयरमा लकइन अवधि सकिँदै, १ करोड १५ लाख कित्ता कारोबारमा आउने

बिजमाण्डू
२०८२ जेठ २६ गते ११:२० | Jun 9, 2025
अप्पर सोलु हाइड्रोको सेयरमा लकइन अवधि सकिँदै, १ करोड १५ लाख कित्ता कारोबारमा आउने

काठमाडौं। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १ करोड १५ लाख कित्ताभन्दा बढी सेयरको दोस्रो बजार कारोबार सुरु हुने दिन नजिकिएको छ। कम्पनीको सेयरको लकइन अवधि आगामी असार २९ गते समाप्त हुने भएको छ।

Tata
GBIME

कम्पनीका संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरुको स्वामित्वमा रहेको सेयरको लकइन समाप्त हुन लागेको हो। कम्पनीको संस्थागत, कर्मचारी र स्थानीय गरेर १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयर लकइनमा छ।

कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरेको मितिले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ।

लकइन अवधि सकिएपछि मात्रै उक्त सेयर बिक्री गर्न पाइन्छ। अहिले कम्पनीमा संस्थागत लगानीकर्ताहरुको १ करोड १ लाख ९२ हजार ५०० कित्ता, संस्थाका कर्मचारीहरुको ३९ हजार १५० र स्थानीय बासिन्दाको १३ लाख ५० हजार कित्ता सेयर लकइनमा छ।