प्यारापिट निर्माण भइरहेको टीयू क्रिकेट मैदानमा पुगेर ओलीले भने- देशकै इज्जत बढ्नेछ

बिजमाण्डू
२०८२ जेठ २५ गते १७:२१ | Jun 8, 2025
प्यारापिट निर्माण भइरहेको टीयू क्रिकेट मैदानमा पुगेर ओलीले भने- देशकै इज्जत बढ्नेछ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको अवलोकन गरेका छन्। उक्त मैदानमा अहिले प्यारापिट निर्माणको काम भइरहेको छ।

Tata
GBIME

ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट ३०० दिनभित्र यस मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण गर्ने निर्णय भएको थियो। वैशाख २४ गतेभित्र काम सम्पन्न गर्ने भनिएपनि समयमा नसकिएपछि २ महिनाको समय थप गरिएको छ।

मैदानको अवलोकनपछि ओलीले काम उत्साहपूर्ण ढंगले भइरहेको बताएका छ। फ्लड लाइटका लागि पनि काम भइरहेको उनले जानकारी दिए।

‘प्यारापिट निर्माण गर्ने पहिलो चरणको काम भरसक असारभित्रै सक्ने गरी उहाँहरू लाग्नु भएको छ। अलिकति ढिला त भएको छ तर खुसीको कुरा के हो भने एउटा नयाँ, ठूलो, भव्य काम भइराखेको छ,’ उनले भने।

यसले नेपालको क्रिकेट माथिल्लो स्तरमा उठाउने, खेलाडीहरूको मनोबल बढाउने र देशकै इज्जत पनि बढ्ने उनको भनाइ छ। प्यारापिट निर्माणमा त्रिभुवन विश्वविद्यालयको योगदानको उनले सराहना गरेका छन्।