विश्वकप लिग-२ : नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै स्कटल्याण्ड, प्लेइङ ११ मा को-को?

बिजमाण्डू
२०८२ जेठ २५ गते १५:३५ | Jun 8, 2025
विश्वकप लिग-२ : नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै स्कटल्याण्ड, प्लेइङ ११ मा को-को?
नेपाल र स्कटल्याण्डका कप्तान टसका क्रममा। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको खेलमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ रोजेको हो।

Tata
GBIME

जारी सिरिजमा नेपालले दुई खेल खेल्दा दुवैमा जित निकालेको छ भने स्कटल्याण्डले दुई मध्ये एकमा जित निकालेको छ। नेपालले सिरिजको पहिलो खेलमा करण केसीको अविश्वसनीय प्रदर्शनको सहायतामा स्कटल्याण्डलाई हराएको थियो।

दोस्रो खेलमा नेदरल्याण्डलाई हराउँदा तेस्रो खेलमा नेपाली टोली आज बलियो आत्मविश्वासका साथ मैदान उत्रनेछ। त्यस्तै, पहिलो खेलमा नेपालसँग १ विकेटले पराजित भएको स्कटल्याण्डले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै कमब्याक गरेको थियो।

नेपालले नेदरल्याण्ड्सविरुद्ध खेलेको प्लेइङ ११ लाई नै आज पनि निरन्तरता दिएको छ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल