
काठमाडौं । टाटा कर्भ इभीमा दुईजना युवा काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको यात्रामा निस्किएका छन्।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले बिहीबार वातावरण दिवसको अवसर पारेर थापाथलीमा रहेको टाटा कार शोरुमबाट उनीहरुलाई ‘फ्ल्याग अफ’ गरेको हो।
कन्याकुमारीसम्मको यात्रामा बैंकर विजय राम कशजु र आवाशिस ओझा रहेका छन्। कन्याकुमारी पुगेर उनीहरु फेरि काठमाडौं फर्कनेछन्। यो यात्रा लगभग १५ दिनको हुनेछ।

उनीहरुले यसअघि मोटरसाइकल लिएर काठमाडौं-कन्याकुमारी (केटूके) यात्रा गरिसकेका छन्। यो पटक उनीहरुले विद्युतीय कार टाटा कर्भ लिएर उक्त यात्रा तय गरेका हुन्।
यो यात्राका क्रममा इभीको लागि आवश्यक चार्जिङ पूर्वाधारको उपलब्धताका बारेमा पनि उनीहरुले ‘एक्सप्लोर’ गर्नेछन्।
यो यात्रामा इभिको लागि आवश्यक चार्जिङ पुर्वाधारको उपलब्धताका बारेमा पनि एक्सप्लोर गर्नेछन