
काठमाडौं। स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित प्रहरीले मोटरसाइकल सवार दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकाहा मैनपुर-२ का २५ वर्षीय सुरेशकुमार बर्णवाल र भारतको बिहार जिल्ला बेतीया बकुलहरका १९ वर्षीय सत्यम कुमार छन्।
वीरगंज-२१ परवानीपुर चोकबाट आइतबार दिउँसो साथबाट रकम बरामद भएपछि उनीहरु पक्राउ परेका हुन्। प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले उनीहरु सवार मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो। उक्त नगद बरामद भएर स्रोत खुलाउन नकसेकपछि उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।