रौतहट बम काण्डमा जिल्ला अदालतबाट दोषी ठहर अफताव आलमले उच्चबाट पाए सफाइ

बिजमाण्डू
२०८२ जेठ १४ गते १८:०५ | May 28, 2025
रौतहट बम काण्डमा जिल्ला अदालतबाट दोषी ठहर अफताव आलमले उच्चबाट पाए सफाइ

काठमाडौं । रौतहटको राजपुर बम काण्डका जिल्ला अदालतबाट दोषी ठहर भइ थुनामा रहेका नेपाली कांग्रेस पूर्व सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगंजले सफाइ दिएको छ।

Tata
GBIME

बुधबार न्यायधीशहरु खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलास जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो।

जिल्ला अदालत रौतहटले उनलाई २०८१ बैशाखमा जन्मकैदको सजाय सुनाएको थयो। त्यसपछि उनी जिल्लाको फैसला विरुद्ध उच्च अदालत पुगेका थिए।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ।

पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।

आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन्।