प्रदर्शनका क्रममा १० महिनामा ५० करोडको सम्पत्ति क्षति, १३६ जनाविरुद्ध मुद्दा

बिजमाण्डू
२०८२ जेठ ११ गते १५:३२ | May 25, 2025
प्रदर्शनका क्रममा १० महिनामा ५० करोडको सम्पत्ति क्षति, १३६ जनाविरुद्ध मुद्दा

काठमाडौं। पछिल्लो १० महिनामा विभिन्न समूहले गरेका विरोध प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीबाट ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांकले देखाएको छ।

Tata
GBIME

सवारीसाधन, भवन लगायत सम्पत्ति तोडफोड र आगजनीबाट ५० करोड २६ लाख ५३ हजार रुपैयाँ बराबरको क्षति भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले बताए।

सवारी साधनतर्फ ९ करोड ५१ लाख ४० हजार तथा भवन र अन्य सम्पत्तितर्फ ४० करोड ७५ लाख ११ हजार रुपैयाँ बराबरको क्षति भएको हो। यो अवधिमा सबैभन्दा धेरै क्षति तीनकुने घटनामा भएको देखिन्छ।

प्रहरीले तोडफोड र आगजनी गर्ने ६६६ जनालाई नियन्त्रणमा लिएकामा १३६ जनालाई कानुनी कारबाहीका लागि मुद्दा चलाइएको छ।