
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा प्रि-बजेट अफर ल्याएको छ। जेठ ५ गतेदेखि सुरु हुने यो योजना जेठ १४ सम्म लागू हुनेछ।
अफर हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागू हुने कम्पनीले जनाएको छ।
यो योजना अन्तर्गत ग्राहकहरुले इभीको नि:शुल्क बीमा कभरेज पाउनेछन्। एक वर्षका लागि उनीहरुले बीमा कभरेज पाउनेछन्। साथै, सडक करसमेत नि:शुल्क हुनेछ।
कम्पनीले ३ वटा मोडलका गाडीमा विशेष नगद छुटको व्यवस्था गरेको पनि जनाएको छ। यो अफर अन्तर्गत स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधा पनि पाउन सकिनेछ।