ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज’ योजना, चीन भ्रमणसँगै आकर्षक उपहार

बिजमाण्डू
२०८२ जेठ ३ गते ०८:०८ | May 17, 2025
ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज’ योजना, चीन भ्रमणसँगै आकर्षक उपहार


काठमाडौं। ओमोडा र जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ ल्याएको छ। सीमित अवधिको यो योजनामा कम्पनीले खरिदकर्ताका लागि आकर्षक अफर सार्वजनिक गरेको हो।

Tata
GBIME

जेठ ४ देखि १० गतेसम्म लागु हुने योजना ओमोडा इ-फाइभ र जेइको जे-सिक्स मोडलहरूमा लागू हुने जनाइएको छ। यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।

अफर अन्तर्गत ग्राहकहरूले विभिन्न फाइदा लिन सक्नेछन्। जसमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर, र ब्याट्री र मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारेन्टी समावेश छ । ८० प्रतिशत फाइनान्सिङसहित मात्र ५५ लाख ९९ हजार रुपैयाँबाट सुरू हुने गाडीहरूको डेलिभरी जेठ १७ अघि नै निश्चित गर्ने ग्राहकहरूका लागि विभिन्न पुरस्कारहरूको व्यवस्था छ।

जसअनुसार गाडी डेलिभरी गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एक जनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।

नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ। यसै समयमा ग्राहकहरूलाई लक्षित गरी प्रि-बजेट अफर सार्वजनिक गरिएको हो। यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने अवसर दिएको छ।