होटलको ब्यालेन्स सिटमा सुधार, १८.१८% बढाए नाफा, कुनको वित्तीय अवस्था कस्तो ?

बिजमाण्डू
२०८२ जेठ १ गते १५:०७ | May 15, 2025
होटलको ब्यालेन्स सिटमा सुधार, १८.१८% बढाए नाफा, कुनको वित्तीय अवस्था कस्तो ?


काठमाडौं। होटलहरुको वित्तीय अवस्थामा सुधार आएको छ। नेप्सेमा सूचीकृत ६ वटा होटलले चालु आर्थिक वर्ष ९ महिनामा ७९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

Tata
GBIME
NLIC

होटलले आर्जन गरेको मुनाफा पोहोर ९ महिनाको तुलनामा १८.१८ प्रतिशत धेरै हो। गत आर्थिक वर्ष चैतसम्म होटलले ६७ करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए।

४ वटा होटलले नाफा वृद्धि गरेका छन्। सोल्टी, तारागाउँ रिजेन्सी, चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनले नाफा बढाउँदा ओरियन्टलको नाफामा गिरावट आएको छ। सिटी होटलको नोक्सानी बढेको छ।

सोल्टी होटलले सबैभन्दा धेरै ४६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ।

नेप्सेमा सूचीकृत होटलको दुई आर्थिक वर्षको ९ महिनाको वित्तीय अवस्था (रु हजारमा)

कम्पनी२०८१/८२
(आम्दानी)
२०८०/८१
(आम्दानी)
फरक %२०८१/८२(
खुद नाफा)
२०८०/८१
(खुद नाफा)
फरक %
सोल्टी होटल१८९०८१७१६८१०६६१२.४८४६७३९२४१२३२२१३.३६
तारागाउँ रिजेन्सी१००९६९७९०६१७६११.४२३३३२८१२३८८४५३९.५४
ओरियन्टल७५१६६४८१९६८५-८.३४४७५८६५९७८-३२.१६
चन्द्रागिरि हिल्स६३५१०८६९७३७२-८.९३१०८८१११०७९१००.८३
कालिन्चोक दर्शन५६२९०२९०६४९३.६८१८६१८४७३३२९८.२७
सिटी होटल३५३८३२३७०२९६-४.४५-१७३८०३-१५३७००

आर्थिक गतिविधि बढ्दा होटलहरुको व्यापार बढेर वित्तीय अवस्थामा सुधार आएको हो। सोल्टी, तारागाउँ रिजेन्सी र कालिन्चोक दर्शनले आम्दानी बढाउँदा चन्द्रागिरि हिल्स, ओरियन्टल र सिटी होटलको आम्दानी घटेको छ।

नेप्सेमा सूचीकृत होटलको दुई आर्थिक वर्षको ९ महिनाको वित्तीय अवस्था (रु हजारमा)

कम्पनी२०८१/८२
(कुल खर्च)
२०८०/८१
(कुल खर्च)
फरक %प्रति सेयर आम्दानी
(रुपैयाँ)
प्रति सेयर नेटवर्थ
(रुपैयाँ)
सोल्टी होटल१२९९०७१११६८३२२११.१९४.५७२५.१७
ओरियन्टल६७२८०९७०७७०६-४.९३३.७८३३०.७७
तारागाउँ रिजेन्सी४५७६१०४५६५६६०.२३१६.९९१३७.१९
चन्द्रागिरि हिल्स२१४७०४२१७३०५-१.२७.०९१०२.४९
कालिन्चोक दर्शन४.१४१०३.८
सिटी होटल२८२६७१२८२२९८०.१३-१०.३८७९.९३