
काठमाडौं। नेपालमा हुन्डाईको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल-भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गरेको छ। कम्पनीले बुटवल-भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम पनि गरेको छ।
कम्पनीका अनुसार नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ।
‘धेरैलाई इभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गर्दछ। तर हुन्डाई नेपालले देशमै क्रेटा आइसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा इभी तथा आइसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।
साथै, कम्पनीले इभी इकोसिस्टमलाई अझै मजबुत बनाउन ‘रि-ल्याक्स’ चार्जिङको नेटवर्क विस्तार गर्ने जनाएको छ। यसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरूमा ‘रि-ल्याक्स’ डीसी र एसी गरी ६६ चार्जर संचालन भइसकेको छ।
यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आइसीई) र इभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालभर सञ्जाल फैलाउन उच्च व्यवस्थापन टोलीले देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको कम्पनीले जानकारी दिएको छ। सोही अभियान अन्तर्गत कम्पनीले ३१ बैशाखमा सिद्धिविनायक मोटो कर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा बोधि भिल्ला, मणिग्राममा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा इभी सार्वजनिक गरेको थियो। सोही क्रममा क्रेटा इभीसहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो।
सो कार्यक्रममा क्रेटा इभीका ३० भन्दा बढी युनिटको बुकिङ कन्फर्म भएको कम्पनीले जनाएको छ। जसमा कार्यक्रम स्थलबाट १० वटा क्रेटा इभी ग्राहकहरूलाई हस्तान्तरण पनि गरिएको छ।
कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।